दार्चुलाका ६२ हजार बढी भेडाबाख्राहरुलाई पीपीआरविरुद्धको खोप लगाइयो

दार्चुला । दार्चुलाका ९ वटै स्थानीय तहका ६२ हजार ५ सय भेडाबाख्राहरुलाई पीपीआरविरुद्धको खोप लगाइएको छ । पुशपन्छी रोग प्रयोगशाला धनगढीबाट प्राप्त भएको पीपीआर विरुद्धको खोप भेडाबाख्राहरुलाई लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका पुशविकास अधिकृत डाक्टर दिगम्बर जोशीले बताउनुभयो ।

पीपीआर रोगबाट बचाउन किसानले पालेका भेडाबाख्रालाई खोप लगाइएको हो । जिल्लाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकाका पुशसेवा शाखा मार्फत उक्त संख्यामा खोप लगाएको बताएको छन ।

चालु आर्थिक वर्षमा पुशपन्छी रोग प्रयोगशाला धनगढीबाट जिल्लाका लागि आएको भण्डै ६५ हजार पीपीआर खोप मध्ये हाल सम्म ६२ हजार ५सय भेडाबाख्राहरुलाई खोपदिइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ । चालु आर्थिक वर्षको हाल सम्म जिल्लाको नौगाड गाउँपालिकामा १० हजार भेडाबाख्राहरुलाई पीपीआरविरुद्धको खोप लगाइएको छ ।

यस्तै जिल्लाको मार्मा गाउँपालिकामा ५ हजार ५सय भेडाबाख्राहरुलाई पीपीआरविरुद्धको खोप लगाइएको डाक्टर दिगम्बर जोशीले जानकारी दिए । यस्तै जिल्लाको अपि हिमाल गाउँपालिकामा ९ हजार ५सय शौल्यशिखर नगरपालिकामा ५ हजार मालिकार्जुन गाउँपालिकामा सबै भन्दा बढि ११ जना भेडाबाख्राहरुलाई पीपीआरविरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाले जनाएको छ ।

दुहुँ गाउँपालिकामा ५ हजार महाकाली नगरपालिकामा ५ हजार व्यासँ गाउँपालिकामा ६ हजार तथा लेकम गाउँपालिकामा ५ हजारगरी जिल्लाभरी आर्थिक वर्षको हाल सम्म ६२ हजार ५ सय भेडाबाख्राहरुलाई पीपीआरविरुद्धको खोप लगाइएको छ । खोप कार्यक्रम अहिले पनि निरन्तर रुपमा संञ्चालनमा रहेको छ ।

Leave A Reply

Your email address will not be published.