दार्चुला हिमपहिरो अपडेट : ३ जनाको शव भेटियो

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नम्बर १ मा हिमपहिरोमा परेर सम्पर्कविहीन रहेका पाँच जनामध्ये दुई महिला र एक पुरुषको शव आज बुधवार फेला पारेको छ ।

हिजो मङ्गलवारदेखि हिमपहिरोमा परेर सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सात जनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँच जना सम्पर्कविहीन थिए ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट झन्डै अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर तीन जनाको शव भेटिएको जानकारी दिनुभयो । ‘शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ’, उहाँले भन्नुभयो, ‘शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन ।’

हिजो दिउँसोदेखि सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो । ‘हिजो पनि राति साढे ९ बजेसम्म खोजीमा जुट्यौँ’ उहाँले भन्नुभयो, ‘आज पनि बिहानदेखि टोली खटिएको छ ।’ उहाँका अनुसार यस क्षेत्रमा यार्सा सङ्कलकहरू त्रिपालमा बसिरहेका थिए ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.