प्रधानन्यायाधीश नियुक्तिको टुंगो लगाउन संवैधानिक परिषदको बैठक बस्दै

दार्चुला । प्रधानन्यायाधीश नियुक्तिको टुंगो लगाउन सोमबार संवैधानिक परिषदको बैठक बस्ने भएको छ ।

बैठक सोमबार साँझ ६ बजे सिंहदरबारमा बस्न लागेको हो । सोमबारको बैठकमा प्रधानन्यायाधीश नियुक्तिको बारेमा छलफल हुने जनाइएको छ । विगत १५ महिना यता सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्ति हुन सकेको छैन । प्रधानन्यायाधीश नियुक्ति हुन नसकेकै कारण नेपाल बार एशोसिएसनले आन्दोलन गर्दै आइरहेको छ ।

गत शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानन्यायाधीश नियुक्तिको विषयमा छलफल भएको थियो । दुई नेताबीच प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सहमतिपछि परिषदको बैठक सोमबार बोलाउने सहमति भएको थियो ।

सोही सहमति अनुसार शनिबार नै परिषद बैठकका लागि सदस्यहरूलाई पत्राचार गरिएको थियो । लामो समयदेखि प्रधानन्यायाधीश हरिकृष्ण कार्की कामुको रूपमा रहनुभएको छ ।

Leave A Reply

Your email address will not be published.