दार्चुला । दार्चुलाको मार्मा गाउँपालिकाको विटुले पारिबगड सडक खण्डमा सडक माथिबाट खसेको ढुङ्गा लागेर २ ओटा सवारी साधनमा क्षती भएको छ । पहिरोले सडक अबरुद्ध भएपछि आज विहान छेउमा रोकिराखेको स्कारपियो र जिपमा माथिबाट खसेको ढुङ्गा लागको हो ।
सडकमा रोकिराखेको अवस्थामा बा २१ च ७२७९ नम्बरको स्कारपियो र से १ ज ८४९ नम्बरको जिपमा क्षती भएको स्थानीयहरुले बताएका छन। अगाडी पहिरोले सडक अबरुद्ध भएपछि बिचमै राकिराखेको अवस्थामा सडक माथिबाट एक्कासी खसेको ढुङ्गाले सवारी साधनमा क्षती भएको र चालकहरु भाग्न सफल भएको स्थानीय पान सिंह धामीले जानकारी दिनुभयो ।
स्कारपियोका चालक कञ्चनपुरको कृष्णपुरा नगरपालिका बस्ने ३५ बर्षीय गणेश भट्टका अनुसार गाडीमा ठूलो क्षती भएको छ ।
बोलेरो जीपको अगाडी र स्कारपियोको पछाडीको भागमा बढी क्षती भएको छ । माथिबाट खसेको ठूलो ढुगांले गाडीको पछाडीको भाग थिचिएपछि चलाउन सकिने अवस्थामा नरहेको प्रहरीले जनाएको छ ।
पहिरोको छेउमा गाडी रोकेर भाडा उठाउदै गर्दा माथिबाट ढुगां खसेर क्षती भएको बताइएको छ ।दुर्घटनामा कुनै पनि मानविय क्षती नभएको उहाँले बताउनुभयो ।