दार्चुलाको एक मोबाइल पसलमा आगलागी

दार्चुला । दार्चुलाको एक मोबाइल पसलमा आगलागी भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–१ धौकुचेका २६ वर्षीय मोहनदेव खडायतको निश्चल मोबाइल एण्ड ईलेक्ट्रोनिक पसलमा आगलागी भएको हो।

करेन्ट सर्ट भएर बिहीबार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट पसलमा रहेका दुई थान कम्प्युटर, एक थान फोटोकपी मसिन, रेडियो दुई थान तथा १२ थान मोबाइल जलेर नष्ट भएको छ।

आगलागीबाट भएको क्षतिको एकिन विवरण खुल्न नसकेको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.