दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकामा ग्यास लिक भइ आगलागी हुदा जलेर घाइते भएका नौगाड गाउपालिका(३ जामिर बस्ने अन्दाजी ८० वर्षका अमर सिंह ठगुन्नाको मृत्यु भएको छ। ठगुन्नालाई थप उपचारका लागि हेलिकप्टरमार्फत उद्दार गरि काठमाडौं लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।
आज दिउँसो २ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत दार्चुलाको गोकुलेश्वर अस्पतालबाट काठमाडौं लैजादै गर्दा नेपालगन्ज नपुग्दै मृत्यु भएको खबर प्राप्त भएको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले जानकारी दिनुभयो । ठगुन्ना बुधबार ९आजै० बिहान साढे छ बजे ग्यासमा चिया पकाउने क्रममा ग्यास लिग भएर जलेर घाइते हुनुभएकोथियो ।