दार्चुला । दार्चुलामा महाकाली नदी सरसफाई अभियान २०८० अन्तरग शनिबार आज पनि महाकाली नदि किनार क्षेत्रमा सरसफाई गरिएको छ।
जेठ पहिलो साताको शनिबारबाट सुरु भएको महाकाली नदि सफाई अभियान अन्तरगत आज पनि महाकाली नदि किनारमा सरसफाई गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक तर्क राज पाण्डेयले जानकारी दिनुभयो ।
जेठ ७ गते बाट सुरु भएको पवित्र महाकाली नदि सफाई अभियान अन्तरगत प्रतेक साताको शनिबार महाकाली नदिको सरसफाई गर्ने गरिएको उहाँले बताउनुभयो ।
शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी लगायत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधिको उपस्थितीमा महाकाली नदी सरसफाई गरिएको प्रहरी नायव उपरिक्षक पाण्डेयले जानकारी दिनुभयो । प्रत्येक हप्ताको शनिबार महाकाली नदीको सरसफाई गरिनुका साथै जनचेतना मुलक कार्यक्रमको आयोजना गर्ने गरिएको उहाँले बताउनुभयो ।
महाकाली नदी स्वच्छता अभियानले नदिको किनारमा दिप प्रज्वलन कार्य संञ्चालन गदैँ आएको छ । अभियानले महिनाको अन्तिमतिर तथा संक्रान्ति लगायत चाडपर्वको अवसरमा नदिको किनारमा दिप प्रज्वलन कार्य संञ्चालन गरिदै आएको छ। पछिल्लो समय महाकाली नदी स्वछता अभियानमा महाकाली नदीको स्वच्छताका लागि जिल्लाका अगुवाले चासो राख्न थालेका छन ।
कैलाशको शिरबाट बग्ने नदीमा फोहर बढ्न थालेपछि यस सम्बन्धी अभियान नै सञ्चालन गर्न थालिएको छ । खासगरी सदरमुकाम क्षेत्रमा घरभित्र र बजारको ढल महाकाली नदीमा मिसाइने गरेको छ ।