दार्चुला । दार्चुला सदरमुकाम खलंगा बसपार्क नजिक घाइते भइ बेहोस अवस्थामा फेला परेका एक पुरूषको उपचारका क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको छ ।
आइतबार बिहान २ः३५ बजेको समयमा महाकाली नगरपालिकाको वडा नम्वर ४ स्थित जिप पार्क (पिपलवोट) नजिक वेहोस अबस्थामा फेला परेका बाँकेको नेपालगंज उपमहानगरपालिका वडा नम्बर १९ घर भएका देव परियारको जिल्ला अस्पताल दार्चुलामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
राती अचेत अवस्थामा फेला परेका परियारलाई प्रहरीले उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याएको थियो । मृतक परियारको टाउँकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा आइतबार विहान ९ बजेर ४० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक परियार दार्चुलामा ज्यालादारीमा काम गर्दै आएका थिए ।
घटनाबारे अनुसन्धान गर्न वसपार्क नजिक रहेका पसल साहु लगायत टिकट काउन्टरमा काम गर्ने केहि ब्याक्तिलाई प्रहरीले नियन्त्ररणमा लिएको छ । घटना वारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।