गोकुलेश्वर अस्पताललाई प्रदेश स्तरीय अस्पताल बनाइने

दार्चुला ।  दार्चुलाको गोकुलेश्वर अस्पताललाई प्रदेश स्तरीय अस्पतालको रुपमा विकास विकास गरिने भएको छ ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा रहेको गोकुलेश्वर अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गरिने भएको हो ।

सुदुरपश्चिम पदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक बर्षको निति तथा कार्यक्रममा गोकुलेश्वर अस्पताललाई‘ प्रादेशिक अस्पतालको रुपमा विकास गरिने बताइएको छ। प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सार्वजनीक गर्दै गोकुलेश्वर अस्पताललाई प्रादेसिक अस्पतालको रुपमा विकास गरिने बताउनुभएको हो ।

दार्चुला र बैतडीको सिमा क्षेत्रमा रहेको गोकुलेश्वर अस्पतालबाट दार्चुला संगै बैतडी र बझाङका स्थानीयले समेत सेवा पाउने गरेका छन।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.