दार्चुलामा सहुलियत कृषि कर्जा सम्वन्धि अन्तरक्रिया गोष्ठी सम्पन्न

दार्चुला । सहुलियत कृषि कर्जा कार्यान्वयनको वर्तमान अवस्था तथा भावी रणनीति सम्वन्धि अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । बुधबार कृषि ज्ञान केन्द्र दार्चुलाको आयोजनामा आयोजित अन्तरक्रिया गोष्ठीमा दार्चुला जिल्लाको बर्तमान कृषि कर्जाको अवस्था र भाबी रणनीतिका बिषयमा केन्द्रित रहेर गोष्ठी सम्पन्न भएको हो । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्घन गरी उत्पादन एवं रोजगारी अभिवृद्घि गर्न दिइने कर्जा दार्चुला जिल्लामा हाल सम्म शुन्य रहेको कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिनुभयो ।

शिक्षित बेरोजगार युवालाई मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्न, विदेशबाट फर्केका युवाको विदेशमा आर्जन गरेको सिप र व्यावसायिक दक्षता उपयोग गर्दै उनीहरूलाई स्वरोजगार बनाउन, महिलामा उद्यमशील क्षमताको विकास गर्न, दलित समुदायको परम्परागत सीप र पेसालाई आधुनिकीकरण एवं प्रवद्र्घन गरी उद्यमशीलता विकास गर्न, आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका विद्यार्थीहरूलाई उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि तथा भूकम्पपीडितहरूको निजी आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाहरूले प्रवाह गर्ने कर्जामा नेपाल सरकारबाट ब्याज अनुदान सुविधा उपलब्ध हुने गरी प्रवाह भईरहेको छ ।

कृषि ज्ञान केन्द्र दार्चुलाका प्रमुख प्रकाश कुमार पन्तको अध्यक्षता तथा जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख माहादेव बडू ९कश्यय० को प्रमुख आतिथ्यतामा गोष्ठी सम्पन्न भएको हो । गोष्ठीमा प्रमुख जिल्ला अधिकारी किरण जोशी, कोष तथा लेखा नियन्त्रण कार्यालय दार्चुलाका प्रमुख जगन्नाथ भट्ट, जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख राम बहादुर खड्का, जिल्ला स्थित बैंक तथा वित्तिय संस्थाका प्रमुख एवम प्रतिनिधि, स्थानिय तहका कृषि शाखा प्रमुख, लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो

health
Leave A Reply

Your email address will not be published.