परराष्ट्रमन्त्रीमा डा. नारायण खड्कालाई नियुक्त गर्ने सहमति

दार्चुला । सत्तारुढ गठबन्धनको बैठकले परराष्ट्रमन्त्रीमा डा। नारायण खड्कालाई नियुक्त गर्ने सहमति भएको छ ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले डाक्टर नारायण खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको एक नेताले जानकारी दिनुभयो ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, डाक्टर बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.