भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत डडेल्धुराका नाै जना कामदार सम्पर्कविहीन भएका छन् ।
सम्पर्कविहीन हुनेमा आलिताल गाउँपालिका–३ कान्तिपुरका उमेश बुढा, लक्ष्मण रामजाली, गौरव रामजाली, गोविन्द रामजाली, सुन्दर बुढामगर र दिनेश रामजाली तथा आलिताल–७ नाउलीका दीपक घर्तीमगर, राजेश घर्तीमगर र किरण घर्तीमगर रहेका छन् ।
आलिताल–३ कान्तिपुरबाट जलविद्युत् आयोजनामा पुगेका ७ जनामध्ये ६ र ७ नम्बर वडाका तीन जना गरी नाै जना सम्पर्कविहीन भएको उनीहरूसँगै कार्यरत स्थानीय सुनील बुढामगरले जानकारी दिए ।
आफू भने बुधबार काममा नगएकाले सुरक्षित रहेको जानकारी गराएको उनका बुबासमेत रहेका आलिताल गाउँपालिका–३ का वडाध्यक्ष बलबहादुर बुढामगरले जानकारी दिए । अहिले छोरा सुनिलसँग पनि सम्पर्क हुन नसकेको उनले बताए ।
