प्रेस युनियन दार्चुलाको छैटौँ जिल्ला अधिवेशन सम्पन्न , कार्यसमिति सर्वसम्मत चयन

दार्चुला – नेपाल प्रेस युनियन दार्चुलाको छैटौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ । आज (शनिबार) सम्पन्न भएको छैटौँ जिल्ला अधिवेशनबाट कमलराज जोशीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा गणेशसिंह धामी समाबेशी उपाध्यक्षमा विसनसिह बुढाथोकी र सचिवमा प्रकाश चन्द्र भट्ट सर्वसम्मत चयन भएका छन् । कोषाध्यक्षमा नरेन्द्रराज बडू, सहसचिवमा विजया जोशी चयन भएका हुन् ।

प्रेस युनियन दार्चुलाका अध्यक्ष मनोरथ प्रसाद बडुको अध्यक्षतामा संचालन गरिएको अधिवेशनमा जिल्ला समन्वय समिति प्रमुख एवंम् नेपाली कांग्रेस जिल्ला कार्यसमिति उपसभापति महादेब बडु कश्यप प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष प्रेम चुनारा र नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव पुलेन्द्रबहाुदर कार्की विशिष्ट अतिथि रहेका थिए भने नेपाल प्रेस युनियन सुदुरपश्चिम प्रदेश कार्यसमिति सदस्य केशब दत्त भट्ट, जिल्ला खेलकुद समिति अध्यक्ष मानसिह बुढाथोकी, नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष राजेश सिह सामन्त र नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सचिव सुरेन्द्र बडु लगायत अतिथि रहेका थिए ।

कार्यसमितिको कार्यकाल ३ वर्ष रहनेछ ।

Leave A Reply

Your email address will not be published.