दार्चुलामा चितुवा मृत फेला

 

दार्चुलाको लेकम गाउँपालिका –१ दानुगाड खोला किनारमा चितुवा मृत फेला परेको छ।

आइतबार बिहान ९ बजे तिर स्थानीयले खोला किनारमा मृत अवस्थामा चितुवा देखे पछि जिल्ला प्रहरी कार्यालय दार्चुला लाई खबर गरेका थिए।

चितुवा मृत फेला परेको खबर पाएपछी डिभिजन वनका कर्मचारी र प्रहरीको टोली घटनास्थल गएको निमित्त डिभिजन बन कार्यालय दार्चुलाका कार्यालय प्रमुख प्रमानन्द कुवरले जानकारी दिनु भयो ।
घटनाको बारेमा थप अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय प्रमुख  कुवरले जानकारी दिनु भयो।

Leave A Reply

Your email address will not be published.