दार्चुलामा भिरबाट लडेर बालकको मृत्यु

 

दार्चुलाको अपि हिमाल गाउँपालिकामा वडा नम्बर  ६ मा भिर बाट लडेर १२ बर्षिय बालकको मृत्यु भएको छ ।धङकङ छिपुलाकेदार मावि कक्षा ५मा अध्ययनरत रहेका विद्यार्थीको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।
उहाँका अनुसार आइतबार विद्यालयमा खेलिरहेका बेला मान सिह महताका छोरा समिर महताको मृत्यु भएको हो।
बिद्यालयको कम्पाण्ड नजिक खेलिरहेका बेला अन्दाजी ५० मिटर तल खसेर समिरको घटनास्थलमै मृत्यु भएको थियो।

घटनाको बारेमा थप अनुसन्धान गर्न खण्डेश्वरी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको सूचना अधिकारी सिंहले बताउनु भयो।

Leave A Reply

Your email address will not be published.