दार्चुला- दार्चुलामा ‘लम्पी स्किन’ रोग ले बिकराल रुप लिन थालेको छ।
हालसम्म लम्पी स्किन रोगबाट दार्चुलाका नौवटा स्थानीय तहमा २८ हजार नौ सय ५१ गाई गोरु बाछाबाछी र तीन सय ७९ भैंसी संक्रमित रहेको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र दार्चुलाका सूचना अधिकारी खेमराज भट्टले बताउनु भयो।
उहाँका अनुसार हालसम्म एघार सय ४३ गाई गोरु र २६ बटा भैंसी लम्पी स्किन बाट मरिसकेका छन्।
लम्पी स्किनबाट बिशेष गरि गोरु साना बाच्छाबाच्छी, गाई, र भैँसीमा बढी देखापरेको छ।लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि दार्चुलाका किसान चिन्तित बनेका छन्।
‘रोग निकै फैलिएको छ, पशु चौपायाले समयमै उपचार पाएको छैन गाउँमा अहिले सम्म कुनै पनि पशु प्राविधिक आएका छैनन दुई दिन अघि एक हल गोरु एक लैनो भैंसी मरेको शैल्यशिखर नगरपालिका– ६ का किसान राम धामीले गुनासो गर्न भयो।
भेटेरेनरी अस्पतालका सूचना अधिकारी भट्ट का अनुसार झिँगा, भुसुना, लामखुट्टे विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वोरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु बस्तुलाई कमजोर बनाउने लक्षण रहेका छन।
यो रोगको खोप भर्खरै नेपालमा पुगेको भए पनि सुदुरपस्चिममा पुग्न केही समय लाग्ने छ ,जैविक सुरक्षामा ध्यान दिएन भने यस्ले झन बिकराल समस्या देखिन सक्छ सुचना अधिकारी भट्टले भन्नू भयो।
यो रोगको सङ्क्रमण फैलिन नदिन गोठ वरिपरी सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजाने, पशु वस्तुको रोगसँग लड्ने क्षमता बढाउन खोप लगाउनु पर्ने पशु बिज्ञहरुको भनाई छ ।