उद्यमी महिलालाई बाख्रा वितरण

दार्चुला : दार्चुलामा महिलालाई उद्यमशिल र आत्मनिर्भर बनाउन सहकारी संस्थाले बाख्रा वितरण गरेको छ । महाकाली नगरपालिका–७ धापमा रहेको शिखर महिला कृषि बहुउद्धेशीय सहकारी संस्थाले ४० जना महिला कृषकहरुलाई बाख्रा वितरण गरेको हो । प्रदेश सरकारबाट विनियोजित २५ लाखको बजेटले सहकारीमा आवद्ध वडा नम्बर ६, ७ र ८ का ४० जना महिला कृषकहरुलाई बाख्रा वितरण गरिएको शिखर महिला कृषि बहुउद्धेशीय सहकारी संस्थाका अध्यक्ष नन्दा लोहारले बताउनुभयो । सहकारीमा आबद्ध महिलाहरुलाई व्यवसायिक कृषितर्फ आकर्षण गर्न बाख्रा वितरण गरिएको उहाँले बताउनुभयो ।

यो सहकारीमा अहिले ३ सय ५० महिला सदस्य छन् । सहकारीमा आवद्ध ४० जना महिलालाई एक÷एक बाख्रा र खोर निर्माणका लागि प्रदेश सरकारबाट २५ लाख बजेट विनियोजन भएकोमा स्थानीय जातको बाख्रा खरिद गरी वितरण गरिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका प्रमुख राम बहादुर खड्काले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.