मालिकार्जुनमा अस्थायी ट्राफिक प्रहरी पोष्ट उद्धघाटन
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ चैतलीचौरमा अस्थायी ट्राफिक प्रहरी पोष्टको उद्धघाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ३ चैतलीचौर र शैल्यशिखर नगरपालिकाको वडा नम्बर ६ को सिमानामा रहेको माहाकाली लोगमार्गको चैतलीचौर खण्डमा आज पोष्टको स्थापना गरिएको हो ।
मालिकार्जुन गाउँपालिका उपाधक्ष्या पुष्पा अवस्थीको प्रमुख आथिथ्यतामा सञ्चान भएको उक्त कार्यक्रममा शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष गोपाल सिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्ट विशिष्ट अतिथि रहनु भएको थियो ।
मालिकार्जुन प्रहरी चौकी अन्तरगत रहने गरि सडक दुर्घटना न्युनीकरण गर्न अस्थाइ ट्राफिक प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मनोहर प्रसाद भट्टले जानकरी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रहरी नायव उपरिक्षक भट्टले शान्ती सुरक्षा सन्तुलन गर्नको लागी र सवारी दुर्घटना न्युनीकरणको लागी पोष्टको स्थापना गरिएको बताउनुभयो ।
पोष्ट स्थापनाको लागी प्रहरी प्रधान कार्यालय नक्साल काठमाण्डौँ र गृह मन्त्रालय संग अनुरोध गरेको उहाँको भनाई छ। त्यस्तै उहाँले एक जना प्रहरीले मात्रै सवारी दुर्घटना न्युनीकरण गर्न नसक्ने भएकोले सर्वसाधारणले पनि आ- आफ्नो क्षेत्रबाट बर्दी बिनाका प्रहरी भइ सहयोग गर्न अनुरोध गर्नुभयो ।
सवारी साधन चालकहरुले पनि ट्राफिक नियमको पालना गर्दै सवारी दुर्घटनामा कमी ल्याउनुमा जोड दिनुपर्ने बताउनुभयो । सवारी दुर्घटनाका मुख्या गरी मदिरा सेवन गरि सवारी चलाउनु सिट र क्षमता भन्दा बढी सवारी राख्दा हुने गरेको भन्दै उहाँले यस्ता कुरामा ध्यान दिन पनि चालकहरुलाई अनुरोध गर्नुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै मालिकार्जुन गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रममा प्रमुख अतिथी पुष्पा अवस्थीले गाउँपालिकाबाट आवश्यक सहयोगको लागी गाउँपालिका परिवार तत्पर रहेको स्पस्ट पार्नुभयो । सवारी साधनमा सवार गर्दा यात्रुहरुले निश्चित समय भित्र गन्तब्यमा पुग्नुपर्ने भएकोले सवारी साधनमा झुन्डीएर पनि यात्रा गर्नूृ पर्ने बाध्यता रहेको भन्दै यात्रा गर्दा स्वयम आफैले सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य पदम सिंह धामी ,नेपाल कम्युनीष्ट पार्टीका जिल्ला सदस्य श्याम राज विष्ट, नेपाल रेडक्रर सोसाइटी सुदुरपश्चिम प्रदेशका सह कोषाध्यक्ष प्रेम सिंह धामी र स्थानीय, व्यावसयी, सवारी चालक लगायत एक सय जना भन्दा बढीको सहभागीता रहेको थियो ।