प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई दार्चुलाको प्रगति समिक्षा सम्पन्न

दार्चुला – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई दार्चुलाले आर्थिक बर्ष २०७९÷८० को प्रगतिको बारेमा समिक्षा गरेको छ । जिल्ला सदरमुकाम खलंगामा आयोजित प्रगति समिक्षा एवम अभिमुखिकरण कार्यक्रममा कार्यालयले आर्थिक बर्षमा प्रवाह गरेका सेवा सुबिधाको बारेमा सरोकारवलाहरुलाई जानकारी गराउनु भएको हो।

आर्थिक बर्ष २०७९÷८० मा कार्यालयले गरेका मुख्य मुख्य उपलव्धिहरुका बारेमा जानकारी गराइएको थियो । जिल्लामा यो कार्यक्रम लागु भएपछि हाल सम्म दार्चुला र बैतडीका गरी कुल १४ हजार ६५३ जनाले प्रत्यक्षरुपमा रोजगारी पाएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ देखि आर्थिक वर्ष २०७८÷७९ सम्मपुग्दा दुबै जिल्लाका १४ हजार २९१ जनाले रोजगारी प्राप्त गरेको बताइएको छ ।

यस्तै २०७९÷८०मा थप ३६२ जनाले रोजगारी पाएपछि रोजगारी पाउनेको संख्या १४ हजार ६५३ जना पुगेको कार्यालयले जनाएको छ । जसमध्ये महिला ४ हजार ९५६ पुरुष ३ हजार ५६५ दलित ६४१ जनजाती २०६ युवा १ हजार ७५ गरी हाल सम्म १४ हजार ६५३ जनाले प्रत्यक्ष रोजगारी पाएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना स्याउजोन कार्यालय दार्चुलाले जनाएको छ ।

कार्यालयले हाल सम्म पुजीगत तर्फ ९७.३३ प्रतिशत खर्च गरेको छ भने चालुगत तर्फ ८५.०३ प्रतिशत खर्च गरेको जनाएको छ । कार्यालयले आर्थिक बर्षमा ९८ हजार २ सय रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना व्यवस्थापन एकाइ खुमलटार मार्फत परियोजना कार्यान्वयन एकाइ दार्चुलामा २०७५ असोज ०५ देखि जोन स्थापना गरी लागु गरीएको हो । अहिले जिल्लाका नौं वटै स्थानिय तहमा यो परियोजनाले काम गरी राखेको छ । स्याउ (ओखर) र मकै जोन , (सुन्तलाजात फलफुल र तरकारी) जोन गरी ४ वटा सम्भाग रहेका छन् ।

सञ्चालनमा रहेका उक्त बालीको उत्पादन तथा उत्पादकत्व बृद्धि गर्ने उद्धेश्यका साथ परियोजना कार्यान्वयन इकाई दार्चुला र प्राविधिक जोन इकाई बैतडी कृयाशिल रहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कार्यान्वयन इकाई दार्चुलाले जानकारी दिएको छ ।

पछिल्ला केही वर्ष देखि दार्चुलाका किसान स्याउ , ओखर सुन्तलाखेतीप्रति आकर्षित हुँदै गएका छन् । जिल्लामा स्याउ , ओखर सुन्तलाखेतीका लागी हावापानी निकै अनुकूल हुँदा यस क्षेत्रका कृषकहरु कृषि पेसाप्रती आकर्सित हुन थालेको पाइएको छ । ओखर संगै यस क्षेत्रमा उत्पादन हुने फलफुल किबि, , सुन्तला, कागती, चुक लगायतका सहजै बजार व्यवस्थापन हुने व्यवसायिक तरकारी खेती गर्नको लागी माटो परिक्षण, सहजै विँउ उपलब्ध गराउने गरि कार्यक्रमहरु ल्याएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कार्यान्वयन इकाई दार्चुलाका कार्यालय प्रमुख विष्णु प्रसाद ओझाले जानकारी दिनुभयो ।

जिल्लाका ४ वटा स्थानीय तहमा ओखर खेती विस्तार गर्नको लागी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ, परियोजना कार्यान्वय इकाई दार्चुलाले विभिन्न कार्यक्रम सञ्चालन गरिहेको परियोजना कार्यान्वयन इकाई दार्चुलाका प्रमुख ओझाले बताए । पछिल्ला केही बर्षको तथ्याङ्क हेर्दा जिल्लामा ओखर खेती गर्ने, स्याउ खेती गर्ने कृषकहरुको संख्यामा बृद्धि भएको छ । जिल्लामा करिव २ सय ७५ हेक्टर क्षेत्रफलमा ओखर खेती हुने गरेको छ ।

परियोजनाको कार्यक्षेत्र दार्चुला जिल्लाका ९ वटै स्थानीय तहहरु महाकाली र शैल्यशिखर नगरपालिका दुहु, लेकम, मार्मा, नौगाड, व्यास, अपिहिमाल, मालिकार्जुन गाउँपालिका र बैतडी जिल्लाका ५ वटा स्थानीय तहहरु दशरथचन्द र पाटन नगरपालिका तथा दोगडाकेदार, पञ्चेश्वर, सुर्नया गाउँपालिका रहेका छन् ।

जिल्लामा करिव २ सय २० हेक्टर क्षेत्रफलमा स्याउ खेती हुने गरेको छ । परियोजना पूर्व जोनको क्षेत्रफल स्याउ १ सय हेक्टर थियो भने, ओखर १ सय ४० हेक्टरमा रहेको थियो । यस्तै बैतडी जिल्लामा ७०० हे. क्षेत्रफल मकै जोनले ढाकेको छ । जिल्लाका परियोजना क्षेत्र भित्र पर्ने ५ वटै स्थानिय तहमा तरकारी क्षेत्र बिस्तार कार्यक्रमलाई पनि पुर्णता दिईएको छ ।

यस कार्यक्रममा प्रत्यक्ष रुपमा कृषक समूह, कृषि सहकारी संस्था तथा निजि उद्दमी कृषक परिवार लाभान्वित रहेका छन् । कृषि क्षेत्रको ब्यवसायिकरणमा योगदान पुर्याउने र कृषि ब्यवसायलाई उद्योगसंग जोड्ने गरी जोनमा समावेश गरिएको तरकारी बालीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु, जोन क्षेत्रमा कृषि यान्त्रिकीकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रवर्द्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरुको स्थापनामार्फत कृषि आधुनिकीकरणको आधारशिला तयार गर्ने यस परियोजना कार्यान्वयन इकाईको उदेश्यहरु रहेका छन् । कार्यक्रमले कृषकहरुलाई फलफुलका बिरुवाहरु वितरण, सिचाई ट्याङकी, बगैचामा घेरवाँर लगायतका क्षेत्रमा काम गर्दै आईरहको छ ।

जिल्लाको अपिहिमाल र ब्याँस गाउँपालिकाको वडा नम्वर १ को छाङरुमा उत्पादन भएको स्याँउले बजार नपाएको र बजारीकरणमा पनि कार्यालयले सहयोग गर्ने कार्यालय प्रमुख ओझाले वताउनुभयो ।

 

Leave A Reply

Your email address will not be published.