दार्चुला :- महाकाली नदीको जलस्तर बढ्ने भन्दै सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ।
शुक्रबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतस्थित तपोवन धार्चुलाको धौलिगङ्गा जलविद्युत परियोजनाको बाँध खोलिने भएकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।
लगातार वर्षाको कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएकाले बाँधको ढोका जुनसुकै बेलापनि खोलिने धौलिगङ्गा पावर स्टेशन धार्चुलाबाट जानकारी प्राप्त भएकाले सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रसासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीले बताउनु भयो।
उहाले भन्नु भयो लगातार वर्षाका कारण महाकाली नदीमा जलस्तर बढ्ने सम्भावना भएकाले नदी आसपासका नागरिकलाई सचेत रहन र नदी वारपार नगर्न आग्रह गरिएको छौ ।
