काँग्रेस दार्चुलाको दोस्रो जिल्ला सम्मेलन सम्पन्न

दार्चुला :- दार्चुला मा नेपाली काँग्रेसको दोस्रो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।
जिल्ला कार्य समिति सभापति ललित सिंह बोहराको अध्यक्षतामा भएको जिल्ला सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य (पुर्ब मन्त्री) दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यततामा कार्यक्रमको उद्घाटन गरिएको थियो ।
जिल्ला सम्मेलनमा राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको नेपाली काँग्रेस दार्चुलाका सचिव पुलेन्द्र बहादुर कार्कीले जानकारी दिनु भयो।
नेपाली काँग्रेसको बिधान अनुसार एक एक वर्षमा जिल्ला सम्मेलन गर्नुपर्ने भएकाले सोही अनुसार असारमा जिल्ला सम्मेलन गरिएको सभापति ललित सिंह बोहराले बताउनु भयो।

प्रस्तुत गरिएको सांगठनिक प्रतिवेदन अनुसार नेपाली काँग्रेस दार्चुलाको कार्यसमिति बैठक १० महिनाको अवधिमा ३ पटक, कार्य सम्पादन समितिको बैठक ३ पटक, संसदीय समिति बैठक २ पटक र अनुशासन समिति बैठक पनि २ पटक बसेको सभापति बोहराले जानकारी दिनु भयो।

कार्यक्रममा गत वर्ष सम्पन्न प्रदेश तथा संघको निर्वाचन समीक्षा प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा राजनीतिक प्रतिवेदन सभापति ललित सिंह बोहराले प्रस्तुत गर्नुभएको थियो भने सांगठनिक प्रतिवेदन पार्टी सचिव पुलेन्द्र बहादुर कार्की र आर्थिक प्रतिवेदन कोषाध्यक्ष हंसराज भट्टले प्रस्तुत गर्नुभएको थियो ।

नेपाली काँग्रेस दार्चुलाले आगामी आर्थिक वर्षको कार्ययोजना समेत सार्वजनिक गरेको छ ।
पार्टी सचिव माधव भट्टले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको पार्टीगत कार्यक्रम योजना अन्तर्गत साउन महिनामा वडा पालिका, प्रदेश सभा सम्मेलन सम्पन्न गर्दै सदस्यता र कृयाशिल सदस्यता वितरण, नविकरण कार्य गर्ने जनाएको छ ।

दोस्रो जिल्ला सम्मेलन कार्यक्रममा नेपाली काग्रेस क्षेत्रीय अधिवेशन प्रतिनिधि, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्यसमिति सदस्य, प्रदेश सभा क्षेत्रीय कार्य समिति, गाउँपालिका,नगरपालिका कार्य समिति, भातृ तथा शुभेच्छुक संघसंस्था लगायत नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको सभापति बोहराले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!