पन्ध्र घण्टाको लागी धौलीगंगाको बाध खुल्दै: सतर्क रहन आग्रह

खाेप
HEALTH

दार्चुला :- भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजना बाँधका ढोकाहरु १५ घण्टाको लागि खोलिने भएका छन् । एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको जानकारी अनुसार सिल्ट सफाईको कार्यका लागि बाँधका ढोकाहरु खोलिन लागिएको हो।

Susite

आइतबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै असार २६ गते मङ्गलबार बिहान ५ बजेदेखि राती ८ बजेसम्म बाधका ढोका खोलिने हुदा महाकाली नदी किनारका बस्तीहरुमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीले जानकारी दिनु भयो।

आत्महत्या

उहाँले भन्नू भयो उक्त समयमा नदी किनारमा नजान तथा सावधानी अपनाउन आग्रह गरेका छौ।
दार्चुला देखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततीर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान तथा वारपार नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ ।

खाेप
LAGU AAUSHAD
KHOP
Leave A Reply

Your email address will not be published.