नेपाल भारत जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिदा आवतजावत बन्द

दार्चुला :-
दार्चुलाको महाकाली नगरपालिका ९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा चुडिएको हुदा आवत जावत नगर्न जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले शुक्रबार एक सूचना जारी गर्दै प्राबिधिक जाँचपछि मात्रै पुलमाथी आवाज जावत गर्न आग्रह गरेको छ।

झोलुङ्गे पुलको भारत तर्फ लठ्ठा भाचिएको छ पुलको मर्मत पछि मात्र आवज जावत गर्न अनुरोध गरेका छौ सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप सिंह धामीले भन्नू भयो।
यो नाकाबाट दैनिक रुपमा सयौ स्थानीय आवतजावत गर्ने गर्दछन।
जिल्लाको महाकाली नगरपालिका, मालिकार्जुन, लेकम गाउँपालिकाका र शैल्यशिखर नगरपालिका का अधिकांस बासिन्दा दैनिक उपभोग्य सामान किनमेलका लागि झोलुंगे पुलबाट भारतको बलुवाकोट जाने गरेका छन् ।
पुलमाथी आवतजावत बन्द भएपछि स्थानीय लाई दैनिक उपभोग्य समान किन्न समस्या परेको स्थानीय नारद बिस्टले जानकारी दिनुभयो।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.