दार्चुला – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न प्रस्ताव गर्नुभएको छ ।
एक वर्षपछि भोलि मङ्गलवारदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न देउवाले प्रस्ताव गर्नुभएको नेता सशांक कोइरालाले जानकारी दिनुभयो । बैठकका एजेन्डाबारे छलफल गर्न देउवाले आज सोमवार पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाउनुभएको थियो । पदाधिकारी बैठकमा बैठक कसरी प्रत्यक्ष प्रसारण गर्ने भन्ने विषयमा लामो छलफल चलेको कोइरालाले बताउनुभयो ।
बैठक प्रत्यक्ष प्रशारण गर्दा नेताहरूले मनबाटै बोल्दैनन् कि भन्ने कोणबाट पनि छलफल भएको पनि उहाँको भनाइ छ