शैल्यशिखर नगरपालिकाले सके सवारी साधन मर्मतमै ४५ लाख

दार्चुला:-
दार्चुलाको शैल्यशिखर नगरपालिकाले सवारीसाधन लगायत अन्य मर्मतमै ४५ लाख सकेको छ ।
चालु आर्थिक बर्षमा सवारी साधन मर्मतमा २० लाख बजेट विनियोजित गरेको भएपनि
सवारी साधन मर्मतमै २५ लाख र अन्य उपकरण मर्मतमा २० लाख बजेट खर्च भएको नगरपालिकाका सूचना अधिकारी मनोरथ जोशीले बताउनु भयो । यस्तै नगरपालिकाले विभिन्न तालिम गोष्टीमा २५ लाख ८५ हजार बजेट सकेको छ ।

नगरपालिकाले ईन्धनमा पनि बजेट भन्दा बढि खर्च गरेको हो।
त्यस्तै ईन्धनमा मात्र ४० लाख बजेट खर्च गरेको छ । कार्यालयको एक टिप्पर, दुई सानो गाडी र २५ मोटरसाईकलमा मात्रै १५ लाखको ईन्धन प्रयोग भएको छ ।

थप अन्य ईन्धन खर्च भनेर ५ लाख सकेको छ भने सडक मर्मतको नाममा २० लाखको ईन्धन खर्च भएको सुचना अधिकारी जोशीले जानकारी दिनुभयो।
नगरपालिकाले मसलन्द तथा फर्निचर खरिदमा पनि ३५ लाख खर्च सकेको छ ।
आवस्यक भन्दा बढी खर्च गरेको भन्दै नगरपालिकाको चौतर्फी आलोचना भएको छ।

health
Leave A Reply

Your email address will not be published.