लेकम गाउँपालिकाको केन्द्र रातामाटामा प्रहरी चौकी उद्धघाटन

दार्चुला । लेकम गाउँपालिकाको केन्द्र रातामाटामा प्रहरी चौकी उद्धघाटन गरिएको छ । विहिबार ९आज० दिउँसो प्रहरी चौकीको उद्धघाटन गरिएको हो । वडा नम्बर ४ का कार्यबाहक वडाअध्यक्ष कृष्ण पन्तको अध्यक्षता एबं गाउँपालिका अध्यक्ष परमानन्द जोशीको प्रमुख आतिथ्यततामा आयोजित कार्यक्रमका बिच प्रहरी चौकीको उद्धघाटन गरिएको लेकम गाउँपालिकाबाट स्थानीय गोविन्द सिंह धामीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख डिएसपी मनाहरप्रसाद भट्ट, लेकम गाउँपालिका वडा नम्बर १, २, ५ र ६ का वडाअध्यक्षहरु, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, बुद्धिजिवि, स्थानीय, सुरक्षाकर्मी र सञ्चारकर्मी लगायतको उपस्थिति रहेको छ । लेकम गाउँपालिकाको केन्द्र तथा हुनैनाथ माबि रातामाटा नजिक प्रहरी चौकी स्थापना गरिएको छ । रातामाटामा गाउँपालिकाको केन्द्र तोकिएकोले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै प्रहरी चौकी स्थापना गरिएको बताइएको छ । गाउँपालिकाको माग, जिल्ला सुरक्षा समितिको सिफारिस तथा गृह मन्त्रालयको अनुमतिमा प्रहरी चौकी स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

रातामाटामा सुरक्षा व्यवस्थापन र भौतिक पुर्वाधारको अभाव रहेकोले स्थापनाकालदेखि नै गाउँपालिकाको प्रशासकिय कामकाज खरकडाबाट सञ्चालन भइरहेको छ । पछिल्लो समय स्थानीयहरुले गाउँपालिकाको स्थायी केन्द्र रातामाटाबाट कार्यालय सञ्चालन गर्न दबाब बढाएका छन् ।

Leave A Reply

Your email address will not be published.