दार्चुलामा घरको छतबाट लडेर युवकको मृत्यु

दार्चुला । दार्चुलामा घरको छतबाट लडेर एक २५ वर्षीय युवकको मृत्यु भएको छ। जिल्लाको महाकाली नगरपालिका ७ धापका विरेन्द्र रैखोलाको घरको छतबाट लडेर मृत्यु भएको हो।

विहिबार बिहान छिमेकी झुसे ओडको घरमा वाइरिङ गर्ने क्रममा छतबाट लडेर घाईते भएका रैखोलाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी नरेन्द्र चन्दले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.