दार्चुलामा लम्पी स्किनको कारण गोठ रित्तिदै

दार्चुला :-
‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट दार्चुलामा हालसम्म एक हजार एक सय उनान्सत्तरी पशुचौपाया मरेका छन , भने ३३ हजार ३ सय ३० पशुचौपायामा लम्पी स्किनको सङ्क्रमण पुष्टि भएको भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञकेन्द्र दार्चुलाका सूचना अधिकारी खेम राज भट्टले जानकारी दिनु भयो। उहाँका अनुसार दार्चुलाका नौवटा स्थानीय तहमा १ सय ४३ बाछाबाछी, तीन सय ७८ गाई, ६ सय २२ गोरु र २६ भैंसी मरेका छन ।

त्यस्तै ४ हजार ९ सय ५१ बाछाबाछी ,१४ हजार २ सय ९५ गाई, १३ हजार ७ सय ५ गोरु र ३ सय उनान्सत्तरी भैंसी संक्रमित भएका छन।

लम्पी स्किनबाट बिशेष गरि गोरु साना बाच्छाबाच्छी, गाई, र भैँसीमा बढी देखापरेको छ।
लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि गोठनै रित्तिनेपो होकि भन्ने डरले दार्चुलाका किसान चिन्तित बनेका छन्।

‘रोग निकै फैलिएको छ, पशु चौपायाले समयमै उपचार पाएको छैन गाउँमा अहिले सम्म कुनै पनि पशु प्राविधिक आएका छैनन दुई दिन अघि एक हल गोरु एक लैनो भैंसी र दुई बाछाबाछी मरेको शैल्यशिखर नगरपालिका– ६ का किसान शिव सिंह धामीले गुनासो गर्न भयो।

लम्पिस्किनले बिकराल रुप लिदैछ स्थानीय सरकारले प्रत्येक वडा हरुमा पशु सम्बन्धि प्राबिधिक राखेको भएपनी हाल सम्म गाउँमा कोहि पनि आएका छैनन् तीन अघीमात्र एक हल गोरु दुई गाई र बाछाबाछी मरे अब गोठमा एक गाई मात्र बाकी छ त्यो पनि संक्रमित भएको छ मेरो त गोठनै रित्तिने भयो सोही ठाउँका अर्का किसान हर सिंह धामी पीडा सुनाउनु भयो।

भेटेरेनरी अस्पताल दार्चुलाका पशु बिकास अधिकृत डिगम्बर जोशीका अनुसार
झिँगा, भुसुना, लामखुट्टे विभिन्न कीराको टोकाइबाट फैलिने यस रोगको सङ्क्रमणले पशुमा ज्वोरो आउने, फोका निस्कने, गाँठागुठी आउने, पशु बस्तुलाई कमजोर बनाउने लक्षण रहेका छन।

यो रोगको खोप नै छैन जथाभावी खोप लगाउदा झन संक्रमित हुने सम्भावना रहेकोले सङ्क्रमण फैलिन नदिन गोठ वरिपरी सफा गर्ने, जैविक सुरक्षामा ध्यान दिने, अन्य पशुसँग नराख्ने, चरनमा नलैजानु पर्ने यी सुरक्षा अपनायो भने केही नियन्त्रण हुन सक्ने भेटेरेनरी अस्पताल दार्चुलाका पशु बिकास अधिकृत डिगम्बर जोशीले बताए।

Leave A Reply

Your email address will not be published.