चालिस मेगावाट चमेलिया जलविद्युत परियोजनाको उद्घाटन

दार्चुला- दार्चुला र बैतडीको सीमा भएर बग्ने चमेलिया नदीमा ४० मेगावाट क्षमताको अपर चमेलिया जलविद्युत आयोजनाले आज (सोमबार) उद्घाटन गरिएको छ।

गत शुक्रबार परिक्षण गरिएको अपर चमेलियाको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी,जिल्ला प्रहरी कार्यालय दार्चुला का प्रहरी नायब उपरीक्षक तर्क राज पाण्डे र मार्मा गाउँपालिका अध्यक्ष जमन सिंह धामीले संयुक रुपमा उद्घाटन गरेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनु भयो।
उत्पादित बिद्युतलाई शैल्यशिखर नगरपालिका (१ बलाच स्थित सबस्टेसन मार्फत राष्ट्रिय प्रसारणमा जोडिएको
कम्पनीका प्रवन्ध निर्देशक सन्जीव न्यौपानेले बताउनु भयो।
उहाँका अनुसार ३० महीनामा सम्पन्न आयोजनाको ८ अर्ब ५० करोड लागतमा निर्माण कार्य सम्पन्न भएको हो।

health
Leave A Reply

Your email address will not be published.