शैल्यशिखरमा काम नगरी योजनाको भुक्तानी

असारमा सक्नुपर्ने काम साउनमा सुरु हुदै ,

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकामा २ योजनाको काम सम्पन्न नगरी भुक्तानी लिइएको पाइएको छ ।नगरपालिकाको वडा नम्बर ६ ग्वानीको तेकते पिसीसी बाटो निर्माण योजना र कफलखेत पिसिसी बाटोको काम नगरी भुक्तानी लिएको पाइएको हो ।
गत आर्थिक वर्ष २०७९र८० मा शैल्यशिखर नगरपालिकाबाट तेकते पिसीसी बाटो निर्माण योजनाका लागि ४ लाख रुपैयाँ बिनियोजन भएको थियो । उक्त योजनाको भुक्तानी भइसकेको छ । तेकते पिसीसी बाटो निर्माण योजनाका अध्यक्ष ईन्द्र सिंह धामीले काम सुरु भएको र केही दिनमै सम्पन्न गर्ने बताए ।
यस्तै ५ लाख ५० हजारको कफलखेत पिसीसी योजना इष्टमेट भन्दा कम सोलिङ गरेको र पिसीसी नगरीकन नगरपालिकाबाट भुक्तानी भएको वडाका स्थानीयहरुको आरोप छ।
यस योजनाका अध्यक्ष मदन सिंह धामीले बाटो निर्माण भईसकेको र प्राविधिक मुल्याङकन अनुसार ३ लाख ५० हजार भुक्तानी पाएको बताए ।
यस विषयमा शैल्यशिखर नगरपालिकाका ईन्जिनियर सन्तोष पाण्डेका अनुसार दुबै योजनाको भुक्तानी भईसकेको छ । योजनाको लागि सुरुमा सम्झौताका लागि वडाबाट सिफारिस हुनुपर्ने भएपनि यि योजनाको वडाबाट कुनै पनि सिफारिस नभएको तत्कालिन वडा सचिब  मनोहर धामीले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.