दार्चुला । नेपाली आगामी कांग्रेस माहाधिवेशनमा मालिकार्जुन गाउँपालिका सभापतीको लागी मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का युवा नेता पदम सिंह धामीले उम्मेद्धारी घोषणा गर्नुभएको छ।
वडा नम्बर ३ का वडा निर्वाचीत वडा सदस्य समेत रहेका धामीले गाउँपालिका सभापतीको लागी आफ्नो उम्मेद्धारी घोषणा गर्नुभएको हो ।
नेपाली कांग्रेस पार्टीलाई समय सापेक्ष गतिशील तुल्याउन, पार्टीमा युवा सहभागिता अभिवृद्धि गर्न, पार्टीलाई सन्तुलित र समावेशी चरीत्रको बनाउन, पार्टीमा महिला सहभागिता सुनिश्चित तथा अभिवृद्धि गर्नको लागी आफ्नो उम्मेद्धारी रहने धामीले बताउनुभयो ।
२०७२ सालमा नेपाली कांग्रेस मालिकार्जुन गाउँपालिका वडा न ३ कार्यसमितिको सचिव रहनुभएका धामी विद्यार्थी उमेर देखि नै नेपाली कांग्रेसको राजनीतीमा लागेको बताउनुहुन्छ । २०७३ सालमा नेपाल तरुण दल जिल्ला कार्य समितिको सचिव जिम्मेवारी सामाल्नु भएका उहाँ पहिलो स्थानीय निर्वाचनमा मालिकार्जन गाउँपालिका वडा नम्बर ३ बाट वडा सदस्यमा निर्वाचीत हुनुभएको थियो।
आगामी कांग्रेस माहाधिवेशनबा आफुले मालिकार्जुन गाउँपालिका सभापतीको लागी उम्मेद्धारी रहने दाबी गर्नुभएको छ। उहाँले पार्टीमा दलित लगायत अन्य जातिको सहभागिता बढाउन, पार्टीलाई विधि, नीति, पद्धति अनुसार व्यवस्थित, बैज्ञानिक, चुस्त दुरुस्त संचालन गर्न, पार्टीलाई सम्पूर्णको हो भनी व्यवहारतमाप्रमाणित गर्नको लागी मेरो उम्मेद्धारी रहन्छ उहाँले भन्नुभयो ।