आज पनि प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०ले विरोध गरेपछि स्थगित भएको छ ।
प्रतिनिधिसभाको बैठक सुरु हुने बित्तिकै एमालेका सांसदले उठेर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले सांसद ज्वालाकुमारी साहलाई बोल्न समय दिनुभएको थियो । सांसद साहले होहल्लाको बीचमा पनि सुन तस्करी प्रकरणका विषयमा उच्चस्तरीय छानबिन समिति गठन माग गर्नुभयो
सांसद साह बोल्दाबोल्दै सक्तापक्षका सांसद उठेपछि सभामुख घिमिरेले केही नसुनिएको उल्लेख सांसद साहलाई बस्न आग्रह गर्नुभयो । सभामुखले नियमको पालना गर्न र सबैलाई सीटमा बस्न आग्रह गरेका थिए। सभामुखले सबैले पालैपालो समय पाउने विषयमा ध्यानाकर्षण गराए पनि
प्रमुख प्रतिपक्षी दल एमालेको निरन्तर नाराबाजी र विरोधका कारण सदन चल्न नसकेको पछि सभामुख घिमिरले बैठक स्थगित भएको जानकारी गरेका थिए ।प्रतिनिधिसभाको अर्को बैठक यही साउन २९ गते सोमबार १ बजे बस्नेछ ।

Leave A Reply

Your email address will not be published.