काँग्रेसको ‘आन्तरिक विशेष अभियान’ कार्यक्रम मालिकार्जुन र लेकममा सम्पन्न

दार्चुला : नेपाली काँग्रेसको आन्तरिक विशेष अभियान कार्यक्रम दार्चुलाको लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा सम्पन्न भएको छ । लेकम गाउँपालिकामा पालिका सभापति कमलापति मिश्रको अध्यक्षता तथा महासमिति सदस्य गणेशराज भट्टको प्रमुख आतिथ्यततामा कार्यक्रम सम्पन्न भएको नेपाली काँग्रेस प्रदेश सभा क्षेत्र नम्बर १ दार्चुलाका सचिव पुष्कर राज जोशीले जानकारी दिए । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सहसचिव राजेन्द्र जोशी, महाधिवेशन प्रतिनिधि सुना जोशी, जिल्ला सदस्य नविन चन्द, प्रदेश सभा क्षेत्र नम्बर १ का सचिव पुष्करराज जोशी लगायत लेकम गाउँ कार्यं समितिका सदस्य, वडा सभापति, स्थानीय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यस्तै शुक्रवार नै जिल्लाको मालिकार्जुन गाउँपालिकामा पनि कार्यक्रम सम्पन्न भएको छ । मालिकार्जुन गाउँपालिका सभापति किशन सिंह सामन्तको अध्यक्षता रहेको कार्यक्रममा नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समिति सदस्य एवं महासमिति सदस्य करबीर बहादुर कार्कीको प्रमुख आतिथ्यतता रहेको थियो । उक्त कार्यक्रममा प्रदेश कार्य समिति सदस्य मदन गिरी, कमला धामी सामन्त, जिल्ला कार्य समिति उपसभापति महादेव बडू (कश्यप), सहसचिव राजु अवस्थी, महासमिति सदस्य शान्ती बम, प्रदेश सभा क्षेत्र नम्बर १ का सभापति मन्दिर सिंह धामीलगायत काँग्रेसका अगुवा कार्यकर्ता, वडा सभापति लगायत नेताहरुको उपस्थिति रहेको थियो । आन्तरिक विशेष अभियान कार्यक्रममा पार्टी सुदृढीकरण, समसामयिक राजनीतिक गतिविधि र काँग्रेसको भावी कार्ययोजनालगायत विविध विषयमा छलफल गरिएको जनाइएको छ ।

साउन २० गतेदेखि साउन ३० गतेसम्म देशैभर अभियान संचालन गर्ने नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुसार दार्चुला जिल्लाका नौ वटै स्थानीय तहमा आन्तरिक विशेष अभियान कार्यक्रम संचालन भइरहेको हो । यस्तै भोलि आन्तरिक विशेष अभियान कार्यक्रम नौगाड गाउँपालिकामा आयोजना गरिने काँग्रेसले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.