अबरुद्ध महाकाली लोकमार्ग सुचारु

दार्चुला ।आइतबार रातिको अबिरल बर्षाका कारण महाकाली राजमार्गको गोकुलेश्वर दार्चुला सडकखन्डको ठाउँठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको थियो । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ तेर्छेलेक, शैल्यशिखर नगरपालिका वडा नम्बर ६ उल्लानी ,पनेबाज लगायत ठाउँमा पहिरो गएर सडक अवरुद्ध भएको हो । तेर्छेलेकमा डिभिजन सडक पाट्नको लोडरले पहिरो पन्छाइएसंगै सडक सुचारु भएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

लोकमार्गको बिभिन्न स्थानमा सडकमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको थियो। पहिराको कारण सोमबार जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधनहरु सडकमै रोकिएका थिए।

सोमबार बिहान सदरमुकामबाट बाहिरिएका सवारी साधनहरु खलंगा फर्कीएको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.