राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्रीलाई शपथ

प्रधानमन्त्री पुष्पकमल दाहालले मौजुदा मन्त्रीपरिषद्मा हेरफेर गर्नुभएको छ ।

जसअनुसार जनमत पार्टीकी सांसद अनिता देवी साह संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त हुनुभएको छ ।

नवनियुक्त मन्त्री साहलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउनुभयो ।

नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री रहनुभएका अमनलाल मोदीलाई माओवादी केन्द्रको पदाधिकारी बैठकले हिजो सरकारबाट फिर्ता गराउने निर्णय गरेको थियो ।

यसअघि पनि जनमत एक मन्त्रीसहित सरकारमा सहभागी भएको थियो । जनमतका अब्दुल खानलाई प्रधानमन्त्री प्रचण्डले खानेपानी मन्त्रालयको जिम्मेवारी दिएको भएपनि चित्तबुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत सरकारबाट बाहिरिएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, जनमत पार्टीका अध्यक्ष सिके राउत, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियोे ।

Leave A Reply

Your email address will not be published.