दार्चुला: सुदुरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन बन तथा वातावरण मन्त्री रमेश सिंह धामी आज बेलुकी राष्ट्रिय धाम मालिकार्जुन दर्शन गर्नका लागि आउन लागेका छन । आज बेलुकी मालिकार्जुन राष्ट्रिय धाममा पुजापाठ र शुक्रबार भोली मालिकार्जुन क्षेत्रका स्थानीयहरु संग भेटघाटका गर्नका लागि मन्त्री धामी पुर्ख्यौली गृह जिल्ला दार्चुला आउन लागेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिनुभयो ।
मालिकार्जुन मन्दिरमा पुजापाठका लागि मन्त्री धामी बिहान धनगढीबाट हिडिसकेको उहाँको सचिबालयले जनाएको छ।
प्रदेश मन्त्री भएपछि उहाँको पहिलो दार्चुला भ्रमण भएको बताइएको छ । मालिकार्जुन उहाँको गृहक्षेत्र समेत हो । मन्त्री धामी गृह क्षेत्र मालिकार्जुन मन्दिरमा आउने भएपछि मालिकार्जुन विकास समितिले मालिकार्जुन राष्ट्रिय धाममा वर्तमान अवस्था, सम्भावना र चुनौती विषयक अन्तरक्रिया कार्यक्रमको समेत आयोजना गरेको बताइएको छ ।
मन्त्री धामीले शुक्रबार प्रमुख धार्मिक पर्यटकीय तिर्थस्थल शिखर मालिकार्जुन धाममा समेत पूजापाठ गर्ने कार्यक्रम रहेको मालिकार्जुन मन्दिरका सचीव जनक सिंह धामीले जानकारी दिनु भयो । मन्त्री धामी गत मंसिर ४ गते सम्पन्न भएको प्रदेश सभा क्षेत्र न. ५ कैलालीबाट निर्बाचित भएका थिए ।