दार्चुला:कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सेफ्टी ट्याङ्कीमा परेर गए राति जङ्गली हात्तीको मृत्यु भएको छ ।
जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले जानकारी दिए ।
“राति १२ बजेपछि जङ्गली हात्ती सेफ्टी ट्याङ्कीमा परेर मृत्यु भएको देखिएको छ । मेहताका अनुसार अहिले प्राविधिकसहितको टोली गएर घटनास्थलमा मुचुल्का सङ्कलन गर्ने काम भइरहेको छ ।”
जङ्गली हात्ती बथानमा आएको हुनसक्ने उल्लेख गर्दै उहाँले मृत्यु भएको हात्ती एक्लै छुटेर त्यहाँ आएको हुनसक्ने बताइएको छ । “यसबारे थप अनुसन्धान भइरहेको प्रमुख संरक्षण अधिकृत मेहताले बताए , विधि प्रक्रिया पु¥याएर हात्तीको दाहसंस्कार गरिने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले जनाएको छ ।