शैल्यशिखर–५ मा काँग्रेसको अन्तरक्रिया, एमालेमा गएका रावल पुनः काँग्रेसमै फर्किए

दार्चुला : शैल्यशिखर नगरपालिका–५ मा नेपाली काँग्रेसको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेसको विशेष आन्तरिक अभियान अन्तर्गत वडा वडामा कार्यक्रम गर्ने उद्धेश्य अनुसार बिहीवार वडा नम्बर ५ मा कार्यक्रम गरिएको हो । अन्तरक्र्रिया कार्यक्रम नेपाली काँग्रेस वडा सभापति मदन सिह डाँगाको अध्यक्षता तथा नेपाली काँग्रेसका नेता एवं शैल्यशिखर नगरपालिकाका पूर्व नगरप्रमुख अमर सिंह धामीको प्रमुख आतिथ्यततामा भएको हो । यसैबीच गत प्रदेश तथा संघको चुनावका बेला नेपाली काँग्रेसबाट एमाले प्रवेश गरेका पूर्व वडाअध्यक्ष मदन सिंह रावल पुनः काँग्रेसमै फर्केका छन् ।

उनलाई काँग्रेस नेता अमर सिंह धामीले पार्टीमा स्वागत गरेका छन् । साथै काँग्रेसमै फर्केका रावलले एमालेमा नेतृत्वको चाप्लुसी, चाकरी गर्नेले मात्रै अवसर पाउने र विकास निर्माणका कामहरु संचालन गर्नका लागि पनि जनताका आवश्यकता अनुसार योजना विनियोजन गर्नुको सट्टा आफू निकट व्यक्ति जसले आफ्नो गुणगान गाउँछ त्यो नै उपभोक्ता समितिको अध्यक्ष बन्न सहज हुने योजना विनियोजन गरेर भ्रष्ट्राचारमा लिप्त स्थानीय एमाले नेतृत्वको सरकारको ज्यादती सहन नसकेर लोकतान्त्रिक पार्टी जुन सुशासन र विकास निर्माणका पक्षमा सधै अग्रसर रहने पार्टी नेपाली काँग्रेसमा आएको बताए ।

अन्तक्र्रिया कार्यक्रममा नगर सभापति मोहन सिंह साउँद, पार्टीका नगर समितिका पदाधिकारी एवं सदस्यहरु, टोल समितिका पदाधिकारी र सदस्य, वडा समितिका पदाधिकारी र सदस्य, भातृ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको वडा सभापति मदन सिंह डाँगाले जानकारी दिए । शैल्यशिखर नगरपालिकामा हालसम्म ८ वटा वडाहरुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.