दार्चुला जिल्लामा ४.४ रेक्टर स्केलको भुकम्पको धक्का

दार्चुला । दार्चुला जिल्लामा शुक्रबार राति ८ बजेर ४० मिनेटमा भुकम्पको धक्का महसुस भएको छ ।

दार्चुला जिल्ला सदरमुकाम भन्दा ४० किलोमिटर उत्तर पश्चिम भारतको उत्तराखण्ड केन्द्रबिन्दु बनाएर ४।४ रेक्टर स्केलको भुकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका सिस्मोलोजिष्ट तिर्थराज दाहालले जानकारी दिनुभयो।

दार्चुला सहित सुदुरपश्चिमका बैतडी, डडेलधुरा लगायत जिल्लाहरु र भारतको उत्तराखण्ड प्रदेश लगायत बिभिन्न क्षेत्रमा भुकम्पको धक्का महसुस भएको थियो । अहिलेसम्म भुकम्पबाट भौतिक तथा मानबिय कुनैपनि क्षति भएको जानकारी नआएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

आरुषी व्युटि पार्लर महेन्द्रनगर कञ्चनपुर
Leave A Reply

Your email address will not be published.