दार्चुला – दार्चुलाको शैल्यशिखर नगरपालिका—९ गोकुलेश्वर स्थित मालिकार्जुन हस्पिटल प्रा.लि. मा भाद्र ९ गते बरिष्ठ हाडजोर्नी तथा नशा ,नाक कान घाँटी र बालरोग विशेषज्ञ डाक्टर आउने भएका छन् ।
भाद्र ९ गते शनिबारका दिन बरिष्ठ हाडजोर्नी नशा तथा बाथरोग बिशेषज्ञ डाक्टर भानु चालिसे , नवजात शिशु तथा बाल रोग बिशेषज्ञ डाक्टर राजेश पाण्डे र बरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर जीवन बानियाँले विशेषज्ञ चिकित्सीय सेवा प्रदान गर्ने छन् ।
हाडजोर्नी बिशेषज्ञ डाक्टर भानु चालिसले हाडजोर्नी नशा तथा बाथरोग सम्बन्धी समस्या भएका बिरामीहरुलाई चेकचाँच गर्ने लगायतका चिकित्सकीय सेवा प्रदान गर्ने छन् । उनले कम्मर तथा गर्दन दुख्ने ,हात खुट्टाको जोर्नी तथा मांसपेसी दुख्ने , नसा च्यापीएको , सरिर झमझमाउने पोल्ने, हड्डी तथा जोर्नी खिईने समस्या, चोटपटक तथा हड्डी भाँचिएको, प्लास्टर सेवा , माईनर सल्यक्रिया , बाथ रोग , युरीक एसिड, हड्डीको संक्रमण , ट्युमर शरीरको मांसपेशीको ,मेरुदण्ड तथा गर्धनको दुखाइ वा जोर्नी चलाउन गाह्रो हुने लगायतका समस्या भएकाहरुको उपचार गर्ने छन् ।
त्यस्तै नाक कान तथा घाँटी रोग बिशेषज्ञ डाक्टर जीवन बानियाँले लामो समय देखि पिनासको समस्या , नाक बाट स्वास फेर्न नसक्ने , लामो समय देखि टन्सीलको समस्या , कान नसुन्ने कान दुखि रहने समस्या , लामो समय देखि कान बाट पिप बगि रहने समस्या , नाकको समस्याले टाउको दुख्ने समस्या ,घाटीमा आउने खटिराहरु थाईराइडको समस्या , नाक बन्द हुने तथा नाक बाट लगातार सिगान बगि रहने समस्या ,राति निद्रामा घुर्ने समस्या ,नाक कान तथा घाटीमा मासु पलाउने , नाकको हड्डी बढ्ने,स्वास फेर्न ग्राहो हुने समस्या र घाटीबाट अमिलो पानी आउने जस्ता समस्या भएका बिरामीको उपचार गर्ने छन् ।
साथै, नवजात शिशु तथा बाल रोग बिशेषज्ञ डाक्टर राजेश पाण्डले नवजात शिशुमा हुने खोकी ज्वरो , छाला सम्बन्धी रोगहरुको उपचार , टाईफाईड , निमोनिया , मृगौलामा भएको संक्रमण आदिको उपचार , बच्चाहरुमा हुने पेट सम्बन्धी उपचार , अपच ,झाडापखला , पेट फुल्ने ,पेट दुख्ने समस्याको उपचार , छारे रोग , क्षयरोग, रगत सम्बन्धी रोगको उपचार , शारीरिक र मानसिक बिकास नभएका बालबालिकाहरुको उपचार गरिने मालिकार्जुन अस्पतालले जनाएको छ।
मालिकार्जुन अस्पतालले विशेषज्ञ चिकित्सीय सेवा प्रदान गर्दै आएको छ । सामान्य एवंम जटिल प्रकृतिका रोगको उपचारका लागि टाढाटाढा जानुपर्ने बाध्यता अन्त्य भएको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ का स्थानिय कल्यान सिह धामीले बताउनुभयो ।
अस्पतालले ०९३४०००२६ र ९८४८४०६०९८ मा फोन गरेर समेत नाम दर्ता गर्न सकिने जनाएको छ ।