भारतीय बक्स अफिसमा गदर-२ र ओएमजी-२ ले कमाए ५०० करोड

एकैसाथ रिलिज भएका ‘गदर-२’ र ‘ओएमजी-२’ ले दर्शकलाई निकै मनोरञ्जन दिइरहेका छन्।

अगस्ट ११ मा रिलिज भएको गदर-२ र ओएमजी-२ ले ११ दिनमा बक्स अफिसमा ५०० करोडभन्दा बढीको कलेक्सन गरेको छ।

सनी देओल, अमिषा पटेल अभिनित ‘गदर-२’ को नेट इन्डिया कलेक्सन करिब ३८९ करोड भारु रहेको छ।

पंकज त्रिपाठी र अक्षय कुमार अभिनित ओएमजी-२ को कमाइ ११७ करोड नजिक पुगेको छ।

Leave A Reply

Your email address will not be published.