दार्चुलामा एक बृद्ध महिला मृत फेला

 

दार्चुला -दार्चुलामा एक महिला मृत फेला परेकी छिन्। जिल्लाको मालिकार्जुन गाउँपालिका–७ की ८० वर्षीया भागरथी चन्द मृत फेला परेकी हुन्।प्रहरीका अनुसार उनी घरभन्दा १ सय ५० मिटर पर आज सोमवार बिहान मृत फेला परेकी हुन्। उनी एकल महिला रहेको र घरमा एक्लै बस्दै आएको प्रहरीले बताएको छ। उनको मृत्युको कारण भने खुलेको छैन्।अहिले मृतकको घरमा प्रहरी चौकी जोलजीवि र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए। प्रहरीले मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याउने तयारी गरेको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave A Reply

Your email address will not be published.