दार्चुला- दार्चुलामा भीरबाट खसेर एक महिला गम्भीर घाइते भएकी छन् ।
नौगाड गाउँपालिका( ५ भीडकी ३५ वर्षीया पुतली धामी भीरबाट खसेर घाइते भएकी हुन् । मंगलवार बिहान ९ बजेतिर धामी घाँस काटेर घर फर्कने बेलामा लिडे भाटा भन्ने भीरमा चिप्लिएर करिब २ सय मिटर तल खसेकी थिइन् ।उनको टाउकोमा चोट रहेको छन् भने कम्मरका साथै दुइटै खुट्टामा चोट लागेको बताइएको छ । गम्भीर घाइते धामीलाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ ।