आधा किलो चरेशसहित दार्चुलामा एक जना पक्राउ

दार्चुला : दार्चुलामा चरेशसहित एक जना पक्राउ परेका छन् । जिल्लाको मार्मा गाउँपालिका–२ कोटथलाका राम सिंह धामी आधा किलो चरेशसहित पक्राउ परेका हुन् । मार्मा गाउँपालिका–२ सेलबिसास्थित पसल संचालन गरेका धामीलाई शुक्रवार दिउँसो साढे चार बजेतिर पसलबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार विशेष सूचनाको आधारमा पसलमा छापा हान्दा ५ सय ६५ ग्राम चरेश फेला पारी पक्राउ गरिएको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले बताए ।

Leave A Reply

Your email address will not be published.