दार्चुलामा डेङ्गु संक्रमणबाट एक बालिकाको मृत्युु

दार्चुला : दार्चुलामा डेङ्गु संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको महाकाली नगरपालिका-९ दत्तुकी १४ वर्षीया जेलिना चैसिरको मृत्यु भएको हो । भदौ ७ गते जिल्ला अस्पताल दार्चुलामा डेङ्गु पोजेटिभ देखिएकी चैसिरको उपचारको क्रममा भारतको हल्द्वानीमा गएराति मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । चैसिर राष्ट्रिय मावि दत्तुमा कक्षा ९ मा अध्ययनरत छात्रा हुन् । दार्चुलामा चालू आर्थिक वर्षको हालसम्म ३७ जनामा डेङ्गु संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.