दार्चुलामा  हजुरआमाको हत्यारा सार्वजनिक, यस्तो छ घटनाको वास्तविकता

 

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका ७ टोपालीका २१ वर्षीय दीपक चन्द र उनका साथी दुहुँ गाउँपालिका–३ का १८ वर्षीय आशिष बम भदौ ८ गते साँझतिर मालिकार्जुन गाउँपालिका–७ स्थित एकल वृद्धा भागरथीदेवी चन्द बस्ने घरमा पुगे । ८३ वर्ष पुगेकी भागरथी दीपककी हजुरआमा पर्थिन् । नाति घरमा आएपछि खाना र बास बस्न नदिने कुरा पनि भएन । नाति दीपकले दार्चुला सदरमुकामस्थित महाकाली नगरपालिका–४ बंगाबगरमा नास्ता पसल संचालन गर्दै आएका थिए । उनी प्रायः यतै बस्थे । दीपक र उनको साथी भदौ ८ गते टोपाली गाउँ पसेको गाउँका केही स्थानीयले पनि देखेका थिए । त्यो रात हजुरआमाको घरमा बसेका नाति दीपक र आशिषलाई पैसाको लोभले लोभ्यायो । सायद उनीहरु यतैबाट पैसा लुट्ने मनसाय बनाएर गाउँ पसेका थिए । परिणामस्वरुप वृद्धा भागरथीको धारिलो हतियारले उनीहरु हत्या गर्न भ्याए । भागरथीको घरको कोठामा फलामको धारिलो हतियार हँसिया, कैँची, चक्कुसमेतको प्रयोग गरी शरीरका विभिन्न अंग घाँटी, छाती र पेटमा खोपे । थप उनीहरुले घाँटी रेटी निर्ममतापूर्वक क्रुर हत्या गरी भागरथीले लगाएका सुनका गहना ९तेपाले० एक जोर, बाकसमा राखिएका अमेरिकी डलर १ सय दरका ५ नोट र १ हजार दरको १ कोरियाली वन र नेपाली ४० हजार रुपैयाँ लुटपाट गरी शवलाई घरदेखि अन्दाजी ३ सय मिटर दक्षिणतर्फ भिरालो जमीनमा फाली माथिबाट सुकेका झारपातले ढाकछोप गरी घरमा ताल्चा लगाइ त्यही रात फरार भए ।दोस्रो दिन भदौ ९ गते चन्द र बम खलंगा बजार पुगी पुलघाट नाकाबाट भारत धारचुला गए र त्यहाँस्थित अतिथि होटलमा बास बसे । शनिबार वृद्धा भागरथीको घरमा ताल्चा लागेको स्थानीयले देखे । वृद्धा ढोकामा ताल्चा ठोकेर कहाँ गइछन् भन्ने कुरा चल्यो । त्यसपछि महेन्द्रनगरमा बस्दै आएका उनका छोरा र प्रहरीलाई गाउँलेले खबर गरे । भदौ १० गते छोरा पुगेपछि प्रहरीले उनको रहोवरमा ढोकाको ताल्चा तोड्यो । ताल्चा तोडेर भित्र हेर्दा रगतका टाटा र शव घिसारिएको पनि देखियो । त्यसपछि घर वरिपरि खोजी गर्दा भदौ ११ गते बिहान साढे ६ बजेतिर करिब ३ सय मिटर पर शव भेटियो । यता दीपक र आशिषले महाकाली नगरपालिका–९ दत्तु बस्ने सुनिल सिंह भाटलाई सुनका गहना ९तेपाले० बेची ती गरगहना भाटले महाकाली नगरपालिका ४ स्थित डिराज ज्वेलर्स नामक सुनचाँदी पसलमा ९० हजारमा बेचे । सोही दिन भदौ १० गते फरार दीपक र आशिष भारतको बाटो भएर पिथौरागढ, टनकपुर हुँदै ११ गते पलिया पुगेर होटलमा बास बसे । यता सादा पोशाकमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी खटिइ फरार उनीहरुको खोजी कार्य गरिरहेको थियो । नम्बर ट्रेकिङका आधारमा प्रहरीले उनीहरुको लोकेशन हेरिरहेको थियो । यसमा प्रहरीले भारतीय प्रहरीको पनि सहयोग लिएको थियो । भदौ १२ गते पलियाबाट बरेली हुँदै गड्डाचौकी बाटोबाट नेपाल प्रवेश गरेका दीपक र आशिषलाई त्यही दिन साझँतिर प्रहरीले कञ्चनपुरको भीमदत्त नगरपालिका ४ बसपार्क क्षेत्रबाट पक्राउ गर्न सफल भयो । उनीहरुलाई भारतबाट नेपाल ल्याउन प्रहरीले ९पहिचान नखुलाइकन० विशेष भूमिका खेलेको थियो । भदौ १३ गते दुवैलाई जिल्ला प्रहरी कार्यालय दार्चुला पुर्याइ थप अनुसन्धान र बयान लिन थालिएपछि उनीहरुको बयान अनुसार गरगहना र विदेशी पैसा बेचेको खुलेको दार्चुला प्रहरी प्रमुख तर्कराज पाण्डेयले बताए ।सुन बिक्री गर्ने महाकाली नगरपालिका ९ का भाटलाई अमेरिकी ५ सय डलर र कोरियाली १ हजार वनसहित भदौ १४ पक्राउ गरिएको उनले बताए । यस्तै सो सुन खरिद गर्ने महाकाली नगरपालिका ४ स्थित डिराज ज्वेलर्सका संचालक धर्म सिंह दयाली भदौ १५ गते ११।३६ ग्राम सुनका कानमा लगाउने गहना ९तेपाले० सहित पक्राउ परेका थिए । प्रहरीले उनीहरुमाथि पनि अनुसन्धान अघि बढाएको जनाएको छ । प्रहरीले भदौ १४ गते घटनास्थलबाट भागरथीको घटनामा प्रयोग भएका हातहतियार बरामद गरी हत्यामा संलग्न दीपक र आशिषमाथि ज्यान सम्बन्धी कसुर अपराध मुद्धामा अनुसन्धान भइरहेको जनाएको छ । उनीहरुलाई आइतबार प्रहरीले पत्रकारसम्मेलन गरी सार्वजनिक गरेको हो ।

Leave A Reply

Your email address will not be published.