दार्चुला मा ट्याक्टर दुर्घटना; दुई जना घाइते

 

दार्चुला – दार्चुलाको मार्मा गाउँपालिका (३ स्थित लटिनाथ–गोकुलेश्वर सडक खण्डको मटेलिधारमा बुधबार ट्याक्टर दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार से २ च १४८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक र सहचालक घाइते भएका छन ।मार्मा गाउँपालिका–३ लटिनाथ बस्ने २१ वर्षीय सुनिल विष्टले चलाएको ट्याक्टर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए ।मार्माको बिटुलेबाट सिमेन्ट लिएर लटिनाथतर्फ आउदैँ गरेको उक्त ट्याक्टर दुर्घटनामा परेको उनले बताए । दुर्घटनामा परेर घाइते हुनेमा सहचालक कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरका ३४ वर्षीय सहचालक रामलखन चौधरी र मार्मा गाउँपालिका ३ का सुनिल बिस्ट रहेका छन।ट्याक्टर सडकबाट करिब १ सय मिटर तल खसेको छ । घाइते दुुबै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.