सीमामा हुने अपमान र केरकारमा राज्य साक्षी

व्याँस र महाकालीका जनप्रतिनिधिलाई व्याँस प्रवेश दिइएन्

दार्चुला : उसो त, अन्तर्राष्ट्रिय सीमामा अपमान, धम्की र भेद्भाव जस्ता क्रियाकलाप देख्न र भोग्न सामान्य मानिन्छ । स्थानीय बासिन्दाले त सीमामा अनेकौ पीडा सहेर बसेका हुन्छन् । तर यी पीडा केन्द्र सरकारले बिरलै देख्न र भोग्न पाएको हुन्छ । तर, बुधवार दार्चुलाकोे सीमामा भोगिएको अपमानमा सरकार नै साक्षी भयो । व्याँस गाउँपालिका–१ तिंकरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) उद्घाटन गर्न सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) बंशीराज दाहाल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर खलंगा दार्चुलाका गणपति डम्बर बहादुर विष्ट, अतिथिका रुपमा महाकाली नगरपालिकाका प्रमुख, व्याँस गाउँपालिकाका अध्यक्ष लगायत पत्रकारहरु गरी ३२ जना भारतीय मोटर बाटो हुँदै व्याँस जाँदै थिए ।

सरकारका प्रतिनिधि सम्मिलित टोलीमा रहेका त्यसै क्षेत्रका (व्याँस अध्यक्ष) जनप्रतिनिधि मंगल सिंह धामी, महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर र व्याँसका स्थानीय एवं विद्यार्थी नेता दिपक खातीलाई धारचुलाबाट करिब १४ किलोमिटर अगाडीको दूरीमा रोकियो । उनीहरु सशस्त्र प्रहरीको निमन्त्रणामा अतिथि बनेर बिओपी उद्घाटन कार्यक्रममा जाँदै थिए । बुधवार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनीहरुलाई तपाईहरुको अगाडी बढ्ने परमिशन नभएको भन्दै भारतीय क्षेत्रको तिग्रम पुलघाट (रौती) मा रोकेको हो । धारचुलाबाट करिब ६० किलोमिटरको दूरीमा रहेको छ्यालेकलाई नोटिफाइड एरिया तोकि प्रशासनको लिखित अनुमतिबिना माथि उक्लन निषेध गरिएको भएपनि उनीहरुलाई करिब ४६ किलोमिटर वरै रोकिएको हो । सँगै पास बनाएर गएका उनीहरु रोकिँदा नेपाली प्रशासनको मुकदर्शक बन्नुबाहेक केही सीप चलेन् । अन्तः त्यहाँ रोकिएका नगरप्रमुख चैसिर, गाउँपालिका अध्यक्ष धामी र विद्यार्थी नेता खातीलाई छोडी बत्तिसबाट तीन कम भएर उन्नतीस जनाको टोली व्याँस हाँकियो । घण्टौ कुराएर पनि जाने अनुमति नपाउँदा बीच बाटोमै रोकिएका उनीहरु राती नै त्यहाँबाट फिर्ता भए । सबै प्रकृया पुर्याइ जाँदा पनि भारतीय सीमा क्षेत्रमा गरिएको उक्त व्यवहार आपत्तिजनक र स्वीकारयोग्य नभएको उनीहरुले प्रतिक्रियाको छ ।

उनीहरुले भनेका छन्–‘के हामी छिमेकी भारतका दुश्मन हौं ? किन छानीछानी पात्र विशेषसँग यस्तो व्यवहार गरियो ? आफ्नो मातृभूमि र जनहितका लागि बोल्ने, लेख्ने र सक्रिय हुने पात्र विशेषमाथि भारतीय सुरक्षा र प्रशासनको गलत व्यवहार निरन्तर हुँदै आएको छ । भाइचाराको नाममा भित्रभित्रै दुश्मनी स्वभाव देखाइदै आएको छ ।’ यो भलै त्यतिखेरका लागि जिम्मेवार स्थानीय सरकार प्रमुखका लागि लज्जा र आक्रोशको कुरा होला तर, प्रत्यक्ष त ! नेपाल सरकार र प्रशासनलाई यसको लज्जाबोध हुन जान्छ । समन्वय र सहकार्यको खिल्ली उड्छ । आफ्नै भूमिमा बाटो भइदिएको भए अर्काको देश र अनुमति लिएर जानुपर्ने कुनै आवश्यकता नै हुने थिएन । यो घटनाले सीमामा हुने ज्यादती, अपमान र केरकारमा सरकारी प्रतिनिधि साक्षी भने भए । यो घटनाले अब दार्चुला–तिंकर सडक यथाशीघ्र बनाउनुको विकल्प छैन भन्ने चेत खुलेर सरकारी रिपोटिङ हुनुपर्छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा अवस्थित दार्चुलाको उत्तरी सीमा क्षेत्रमा यस्ता घटना वर्षौदेखि घट्दै आइरहेका हुन् ।

नागरिक र स्थानीय सरकारकै आग्रह र आवश्यकतामा सरकारले सुरक्षा उपस्थिति बढाउने गर्दछ । बिओपी स्थापना गरिएको भूगोलका जनप्रतिनिधिले त्यसको उद्घाटन गर्न पाउनुपर्ने हो तर, अब सशस्त्र प्रहरी उनीबिनै बिओपी उद्घाटन गरेर फर्कन्छ । चीन सीमा नजिक स्थापना गरिएको बोर्डर आउट पोष्ट (बिओपी) को भोलि विधिवत रुपमा उद्घाटन गरी संचालनमा आउँदैछ । टिंकर सीमा प्रहरी चौकी नजिकै बनाइएको बिओपीको भवन टिंकर भन्सारको छियालेक क्षेत्रको जमिनमा छ । त्यहाँबाट चार÷पाँच घण्टा उकालो पैदल यात्रा गरेपछि नेपाल र चीन सीमाना छुट्याउने टिंकर भञ्ज्याङको १ नम्बर पिल्लरमा पुगिन्छ ।

Leave A Reply

Your email address will not be published.