चमेलिया पुलबाट खस्दा एक जना घाइते

दार्चुला – दार्चुला र बैतडी जोड्ने शैल्यशिखर नगरपालिका(९ गोकुलेश्वरस्थितको चमेलिया पुलबाट एक जना नदी किनारमा खसेका छन् । शैल्यशिखर नगरपालिका(९ बस्कोटका अन्दाजी २८ वर्षीय दिपक दमाई चौलानी पुलबाट खसेको ईलाका प्रहरी कार्यालय गोकुलेस्वरले जनाएको छ।
शनिबार दिउँसो साढे दुई बजेतिर दमाई चौलानी पुल छेउको दार्चुलापट्टिबाट खसेको स्थानिय सुरेस बिस्टले जानकारी दिए।
घाइते दमाइको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको गोकुलेस्वर अस्पताल का मेडिकल अधिकृत मियाज अन्सारीले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.