तीजलाई भड्किलो नबनाउन प्रशासनको आग्रह

दार्चुला : हिन्दु नेपाली महिलाहरूको महान् चाड हरितालिका तीजलाई भड्किलो गरी नमनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले आग्रह गरेको छ । प्रशासनले आइतवार सूचना जारी गर्दै पर्व मनाउने नाममा भड्किलो र खर्चिलो नबनाउन आग्रह गरेको हो । कुनै पनि खालका खर्चिला तथा तडक भडकका कार्यक्रम नमनाउन सार्वजनिक रूपमै जानकारी गराइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए ।

तीजलाई भड्किलो नबनाई परम्परागत मौलिक संस्कृतिको संरक्षण र धार्मिक संस्कृतिको जगेर्ना गर्ने गरी मनाउन भनिएको छ । यदि प्रशासनको अपिल बेगर त्यस्ता गतिविधि भएको पाइएमा सामाजिक व्यवहार (सुधार) नियमावली–२०३३ बमोजिम कानूनी कारवाही गरिने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.